scheduleबुधवार भाद्र ४ गते, २०७६

बाढी प्रभावितलाई सर्प आतंक, एकको मृत्यु, दर्जनौं उपचारमा


रौतहट, ३० असार । लगातारको वर्षा पछि डुबानले रौतहटको सदरमुकाम गौर लगायतका क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । सर्पको बासस्थान पानीले भरिए पछि सर्प बाहिर निस्कन थालेका छन् ।

सर्पले डसेर आइतबार राति एकजनाको मृत्यु भएको छ । रौतहटको यमुनामाई गाउँपालिका–१ जृठरहियाका २५ वर्षीया गायत्रीदेवी साह बाढीसँगै आएको विषालु सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले बताएका छन् ।

डुबान क्षेत्रमा अहिलेसम्म २० जना भन्दा बढीलाई सर्पले डसेको उनले जानकारी दिए । सर्पले डसेर बिरामी परेका १५ जनाको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रौतहटमा बाढीबाट मर्नेको संख्या ८ पुगेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage