scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

चितवनका होटलमा आपत्तिजनक अवस्थामा ९७ जना पक्राउ

फाइल फोटो

चितवन, ३० असार । चितवनमा नेपाल प्रहरीले होटलहरुमा एकैसाथ ठूलो अपरेशन चलाएको छ । अवैध यौन धन्दा बढिरहेको गुनासो आइरहेका बेला प्रहरीले सोमबार एकैसाथ होटलहरुमा सर्च अपरेशन चलाएको हो ।

अवैध यौन धन्दामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सर्च अपरेशनको क्रममा ९७ जनालाई नियन्त्रमा लिएको जनाएको छ । अपरेशनमा भरतपुर र आसपासका होटल, रेष्टुरेन्टमा छापा मार्नेक्रममा आपत्तिजनक अवस्थामा रहेका ग्राहकहरु र होटल मालिकलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवन प्रहरीले पछिल्लो समय लागूऔषध दुर्व्यसनी, यौनजन्य क्रियाकलाप र सामाजिक विकृतिजन्य गतिविधिप्रति कडा निगरानी गर्ने क्रमलाई तिव्रता दिएको छ । पक्राउ परेका ४२ जना पुरुष, ४३ महिला र १२ जना होटल सञ्चालकलाई प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा लिएको जनाएको छ ।

जिल्लामा सञ्चालित होटल, लज, रेष्टुरेण्ट, कटेज र डेटिङ स्पटहरुमा लागूऔषध दुव्र्यसन, यौनजन्य तथा सामाजिक विकृतिजन्य गतिविधि हुनेगरेको गुनासो बढेपछि यौनजन्य क्रियाकलाप रोक्न अभियान अन्तर्गत चितवन प्रहरीले सर्च अपरेशन गरेको जनाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage