scheduleआइतवार भाद्र ८ गते, २०७६

पिएसजी फर्किए नेयमार

काठमाडौँ, ३१ असार । बार्सिलोनाले नेयमारलाई अनुबन्ध गर्ने हल्ला चलेको पनि धेरै समय भइसकेको छ ।

बार्सिलोनाले एट्लेटिको मड्रिडबाट एन्टोनियो ग्रिजम्यान अनुबन्ध गरेपछि नेयमार बार्सिलोना आउने सम्भावना कमजोर भएको छ ।

नेयमार पिएसजी फर्किएका छन् ।

उनले क्लब प्रमुख लियोनार्दोसँग छलफल गरेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीले नेयमारको उचित मुल्य नपाइन्जेलसम्म नबेच्ने बताइसकेको छ ।

पिएसजीको शक्तिबारे नेयमार पनि उत्तिकै अवगत रहेका छन् ।

मिडिया रिपोर्टका अनुसार नेयमारले पिएसजी छोड्न निकै कठिन रहेको छ । अब भने उनको पिएसजीमा भविष्य के हुने हो भन्ने अन्यौलता झन् थपिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage