scheduleआइतवार भाद्र ८ गते, २०७६

जिदानको योजनामा छैनन् बेल

काठमाडौँ, ३१ असार । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेललाई थप समस्या थपिएको छ ।

रियलका प्रशिक्षक जिनेदान जिदानसँग सम्बन्ध नराम्रो भएका कारण बेललाई बेच्न चाहेको खबर बाहिर आइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार जिदान बेललाई रियलमा देख्न चाहदैनन् ।

आउने सिजनका लागि बेल जिदानको योजनामा समेत नरहेको बताइएको छ ।

रियलले बेललाई बेच्न चाहिरहेको र उनलाई ६० देखि ७० मिलियनसम्म बेच्न सक्ने बताइएको छ ।

उनी टोटनहम फर्किने हल्ला पनि चलिरहेको छ । उनलाई लोनमा लैजाने वा स्थायी रुपमा नै लैजाने बहस चलिरहेको छ । बेल पनि रियलमा बस्न नचाहेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage