scheduleशुक्रवार मंसिर २७ गते, २०७६
Bajaj
Global IME

पहिरोले दुई घर पुरिँदा दुई जना बेपत्ता

उदयपुर, ३१ असार । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ ।

राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ वर्षीय आमा रणमाया मगर पहिरोले पुरिएर बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताएका छन् ।

घटनास्थलमा आज बिहानै प्रहरी परिचालन गरिएको भए पनि स्थानीय रसुवाखोलाको बाढीका कारण तर्न समस्या हुँदा प्रहरी घटनास्थलमा पुग्न समस्या भइरहेको प्रहरी प्रमुख बुढामगरले बताए ।

यता रौतामाई गाउँपालिकाको वडा नं १ मा पनि पहिरोको कारण रौता मुर्कुचीको अर्जुन तामाङको घर बगाएको छ । तामाङको घर पहिरोले बगाउँदा नौ वर्षका छोरा बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोका कारण उदयपुरमा हालसम्म झण्डै एक दर्जन घर पहिरोले बगाएका प्रहरी प्रमुख बुढामगरले बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage