scheduleआइतवार भाद्र ८ गते, २०७६

सारा अली खान र कार्तिक आर्यनबीच लभ अफेयर !

काठमाडौँ, ३१ असार । पछिल्लो समय सेफअली खानकी छोरी सारा अली खान निकै चर्चामा रहेकी छिन् । उनी कुनै फिल्मका कारण चर्चामा आएकी होइनन् । यसपटक उनी लभ अफेयरका कारण चर्चामा आएकी हुन् ।

कार्तिक आर्यन र सारा अली खानको लभ अफेयरबारे बलिउडमा व्यापक चर्चा चल्न थालेको छ ।

उनीहरु इम्तियाज अलीको फिल्म ‘लभ आज कल २’ को शुटिङमा व्यस्त रहेका छन् ।

उनीहरु शुटिङ सकिएपछि पनि सँगै हुने गरेका छन् ।केही दिन अगाडि जब सारा लण्डनबाट फर्किंदा उनलाई एअरपोर्टसम्म लिन आर्यान पुगेका थिए ।

त्यसैगरी जब कार्तिक मुम्बईभन्दा बाहिर जाँदा सारा आफ्नो कारमा उनलाई पु¥याउन गएकी थिइन् । मिडिया रिपोर्टका अनुसार उनीहरु एकसाथ रहनु फिल्मका लागि प्रमोशन हो । तर, फिल्म रिलिज हुन भने थुप्रै समय रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage