scheduleआइतवार भाद्र ८ गते, २०७६

‘बार्सिलोना छोड्न परे लिभरपुलबाहेक अरु क्लबमा जाँदिन’

काठमाडौँ, ३१ असार । ठुलै सपना बोकेर बार्सिलोना हानिएका स्टार खेलाडी फिलिपिन्हो कोटिन्होको भविष्य यता न उताको भएको छ ।

बार्सिलोनाले ठुलो रकम खर्चिएर उनलाई अनुबन्ध गरेको थियो तर, उनी क्लबले चाहेजस्तो खेलाडी नभएपछि उनको बार्सिलोना यात्रा धरापमा परेको छ ।

मिडिया रिपोर्टका अनुसार उनी लिभरपुल फर्किन चाहेका छन् । उनी म्यानचेस्टर युनाइटेड र चेल्सीमा पनि जानसक्ने सम्भावना रहेको हल्ला चलेको थियो ।

तर, उनको एजेन्टले उनी प्रिमियर लिग फर्किए लिभरपुलमात्र फर्किने बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई क्लबले तत्कालका लागि बेच्न नचाहेको बताइएको छ ।

तर, ठुलो रकम खर्चिएर अनुबन्ध गरेको खेलाडीलाई बेन्चमा मात्रै सिमित बनाउने पक्षमा बार्सिलोना पनि रहेको छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage