scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

नेविसंघ र प्रहरीबीच झडप

पोखरा, ३१ असार । पोखरामा नेविसंघ र प्रहरीबीच झडप भएको छ । पोखरा इन्जिनियरिङ कलेजका केही विद्यार्थीहरु पक्राउ गरेको विरोधमा आयोजित कार्यक्रममा विद्यार्थी र प्रहरीबीच सोमबार साझँ झडप भएको हो ।

पक्राउ परेका विद्यार्थीको रिहाईको माग गर्दै नेविसंघले पिएन क्याम्पस अगाडि मसाल जुलुस निकालेको थियो । जुलुस निकाल्दै गर्दै प्रहरीले हस्तक्षप गरेपछि दुई पक्षबीच झडप भएको छ ।

झडपमा दुई विद्यार्थी र एक प्रहरी घाईते भएको बताईएको छ । प्रहरी जवान दीपक खाती घाईते भएका हुन् । घाइते विद्यार्थीको पोखराको फिस्टेल अस्पतालमा उपचार भएको छ । झडपकै क्रममा नेविसंघ नेता पशुपती भट्टराई पक्राउ परेका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage