scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

यस्ता छन् आज देखिने खण्डग्रास चन्द्र ग्रहणका विशेषताहरु


काठमाडौं, ३१ असार । मंगलबार अबेर राति खण्डग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्ट्रेलियाबाट समेत देखिन्छ । जब चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिन्छ तब खण्डग्रास ग्रहण लाग्ने गर्छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटिका अनुसार आज गुरुपूर्णिमाको राति १२ बजेर २८ मिनेट देखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेटमा अत्यधिक ढाक्ने छ ।

चन्द्र ग्रहण हेर्न चाहनेले आज राति १ बजेर ४६ मिनेटदेखि ४ बजेर ४४ मिनेटसम्म चन्द्रमाको केही भाग रातो रङ्गको देख्न सक्नेछन् । बिहान ४ बजेर ४४ मिनेटदेखि चन्द्रमालाई सघन छायाँले ढाक्न छोड्छ भने बिहान ६ बजेर २ मिनेटदेखि विरल छायाले ढाक्न छोड्छ । तर नेपालमा चन्द्र अस्त बिहान ५ बजेर २५ मिनेटमा हुने भएकोले यो नदेखिने विज्ञहरुले बताएका छन् ।

ग्रहणको समयमा ग्रहको अवस्था-
शनि र केतु ग्रहणको समय चन्द्रको साथ धनु राशिमा रहनेछन् । यसबाट ग्रहणको प्रभाव अझ बढी हुनेछ । सूर्यसँगै राहु र शुक्र रहनेछन् । सूर्य र चन्र चार विपरित ग्रह शुक्र, शनि, राहु र केतुबाट घेरिनेछन् । मंगल तल रहनेछन् । यस्तो ग्रहयोगका कारण तनाव बढ्न सक्छ । भूकम्पनको खतरा रहन्छ । बाढी, तुफान र अन्य प्राकृतिक विपत्तिबाट नोक्सान हुने योग रहने ज्योतिषीहरुको पूर्वानुमान छ ।

आज देखिने चन्द्र ग्रहणमा एउटा दुर्लभ योग पनि छ । १२ जुलाई १८७० मा १४९ वर्ष पहिला गुरु पूर्णिमामा चन्द्र ग्रहण लागेको थियो । त्यतिबेला पनि शनि, केतु र चन्द्रका साथ धनु राशिमा बसेको थियो । सूर्य, राहको साथ मिथुन राशिमा बसेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage