scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

एक अर्बको माछा बाढीले बगायो


बारा, ३१ असार । पाँच दिनसम्म परेको वर्षाका कारण बाराको ६० प्रतिशत माछा पोखरीमा ठूलो क्षति पुगेको छ । जिल्लाको बकैया र पसाहा खोलाको पानी बस्तीमा पस्दा माछा पालन गरिएको पोखरीका झन्डै चार हजार मेट्रिक टन माछा बगाएर लगेको नेपाल ज्युँदो मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष एवं मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए ।

माछाको पकेट क्षेत्रको रुपमा रहेको सो क्षेत्रमा बाढीले ६० प्रतिशत पोखरी बगाउँदा किसानका करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ ।

बारामा माछाको पकेट क्षेत्र मानिने कोल्हवी नगरपालिकाको माछागाउँका नामले परिचित बोधवन, रामवन, बलुवा, ककरी, करैयामाई गाउँपालिका लगायतका क्षेत्रमा माछा बगेको उहाँले जानकारी दिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage