scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

दुई छोरी मात्रै जन्माउने दम्पत्ति सम्मानित

ओखलढुङ्गा, ३१ असार । दुई छोरी मात्रै जन्माएका दम्पत्तिलाई ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ ।

सोमबार नगरपालिकाको गत वर्षको निति तथा कार्यक्रममा समाबेश भएअनुसार  नगरभित्रका दुई छोरीमात्र भएका दम्पत्तिलाई सम्मान गरेको हो ।

नगरपालिकाका १२ वटै वडाका दुई छोरीमात्र भएका ३० जोडी दम्पतीलाई नगरप्रमुख मोहन कुमार श्रेष्ठले प्रति दम्पत्ति ५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सम्मानित दम्पत्तिहरुले आफूहरु सम्मानित हुन पाउँदा निकै खुशी भएको बताएका छन् । समाजमा बिद्यामान रहेको छोरा र छोरी बीचको भेदभावलाई चिर्दै दुई सन्तान ईश्वरको बरदान भन्ने अभिप्रायका साथ दुईजना छोरीमात्र जन्माएका परिवारलाई सम्मान गरेको भन्दै सम्मातिन दम्पत्तिले खुशी ब्यक्त गरेका हुन् ।

सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका स्थानीय राम कुमार श्रेष्ठले छोरीमात्र जन्माएको परिवारलाई नगरपालिकाले सम्मान गर्दा खुसी लागेको भन्दै पृतिसतात्मक सोचबाट ग्रसित समाजको सोचाईमा समेत परिवर्तन आउनुपर्ने बताए ।

समाजमा अझैपनि छोरा र छोरीबीचको विभेद रहेको र छोरा हुँदा समाजले हेर्ने दृष्टिकोण र छारी मात्र हुँदा समाजले हेर्ने दृष्ट्रिकोणमा फरक रहेकाले नगरपालिकाले छोरा छोरीबीचको बिभेद अन्य गर्न थालेको अभियान प्रशंसायोग्य रहेको सिद्धिचरण नगरपालिका ८ का स्थानीय दिलमाया गुरुङलले बताइन् ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage