scheduleआइतवार भाद्र ८ गते, २०७६

साम्यवादी र समाजवादीप्रति ट्रम्प आक्रोशित, भन्छन्- कम्युनिष्टले देश छोड्दा हुन्छ

एजेन्सी, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेला-बेला विवादित ट्विट गरेर आलोचित हुने गर्छन् । ट्रम्पले महिला, आप्रवासी, मुस्लिमलगायत धेरैलाई आफ्नो ट्विटको तारो बनाएका छन् । यही क्रममा उनको आफ्नो पछिल्लो ट्विटमा कम्युनिष्ट र समाजवादीलाई लक्षित गरेका छन् ।

मंगलबार राष्ट्रपति ट्रम्पले समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिएका हुन् ।

ट्रम्पले आफ्नो ट्विटमार्फत् अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।आफ्नो नीतिसँग  खुसी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने समेत उनको भनाइ छ । ।

‘अमेरिका कहिल्यै पनि साम्यवादी वा समाजवादी मुलुक हुन सक्दैन, यहाँ खुशी नहुनेले अमेरिका छोड्न सक्छन् । खुशी नहुनेसँग यो विकल्प छ । यो अमेरिकालाई माया गर्ने वा नगर्ने कुरा हो । केही मानिसले अमेरिकालाई घृणा गर्छन्’, ट्रम्पले आफ्नो ट्विटमा लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage