scheduleमगलवार आश्विन २८ गते, २०७६

मुस्ताङको हवाई सेवा ठप्प, सडक खुल्यो


पर्वत, ३१ असार । हिमालपारीको जिल्ला मुस्ताङमा हवाई सेवा ठप्प भएको छ । प्रतिकुल मौसमका कारण मुस्ताङमा हवाई सेवा अवरुद्ध भएको हो । एक हप्तादेखी जोमसोम विमानस्थलमा जहाज उडान र अवतरण बन्द रहेको नागरिक उड्ययन कार्यालय जोमसोमका प्रमुख भानुभक्त कोईरालाले जानकारी दिए ।

मौसम खराब भएपछि नेपाल एयरलाइन्स, तारा एयरलाइन्स, समिट एयरलाईन्स लगायतका कम्पनीले उडान रोकेका छन् । मुस्ताङमा वर्षा र बाक्लो हुस्सु लागिरहेको छ । पोखरा— जोमसोममा दैनिक १८ वटा सम्म उडान हुने गर्छन । मौसम सुधार भएमा एक सय बढी पर्यटक मुस्ताङ आउने नागरिक उड्यन प्रमुख कोइरालाले बताए ।

चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडक मर्मत पछि सुचारु भएको छ । सडक मर्मत गरेपछि मंगलबार दिउँसोदेखि सडक सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिए । अबरोध हटेपछि बेनीबाट जोमसोम र जोमसोमबाट बेनीतर्फ सिधा आवत जावत गर्न सकिने भएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीयबासी, तिर्थयात्री र पर्यटकहरु सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्न बाध्य थिए । ढुवानी समेत प्रभावित भएको थियो । रोकिएका सवारी साधनहरु सडक खुलेपछि गन्तब्यतर्फ लागेका छन् । कालीगण्डकी नदीले बाँदरजुँगेमा १० मिटर सडक बगाएपछि दुईतर्फि यातायात बन्द भएको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage