scheduleआइतवार भाद्र ८ गते, २०७६

पार्टी एकताका बाँकी काम आजै टुंगिने प्रचण्डको दाबी

फाइल फोटो

काठमाडौं, ३१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बाँकी काम आजै टुंगो लाग्न सक्ने बताएका छन् ।

अध्यक्ष दाहालले असार मसान्तसम्म एकताका सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणाअनुसार प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल जारी रहेको बताएका हुन् ।

मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष दाहालले दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमती भइसकेको जानकारी दिए ।

प्रधानमन्त्री ओली र आफूबीच भएको सहमतीलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने उनको भनाइ छ । उनले पार्टी एकताको सबै कामले पूर्णता पाएपछि केन्द्रीय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरे ।

अध्यक्ष दाहालले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै प्रतिक्रियावादीले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहानाअनुसार काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage