scheduleबुधवार भाद्र ४ गते, २०७६

गण्डकी प्रदेशका २ विधेयक प्रमाणीकरण

काठमाडौं, ३१ असार । गण्डकी प्रदेशसभाले पारित गरेका २ वटा विधेयक प्रमाणीकरण भएका छन् ।

मंगलबार प्रदेश प्रमुख बाबुराम कुँवरले ‘विनियोजन विधेयक-२०७६ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक-२०७६’ लाई प्रमाणीकरण गरेका छन्।  प्रमाणीकरण भएसँगै दुबै विधेयक ऐनमा परिणत भएका छन् ।

मंगलबार प्रमाणित भएका दुबै विधेयको एकप्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने प्रदेश सभाको सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र संघीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा एक/एकप्रति पठाइएको छ ।

दुबै विधेयकलाई गण्डकी प्रदेश सभाको असार २० गते बसेको बैठकले पारित गरेको थियो । विधेयकलाई प्रदेश सभा सचिवलायले असार २६ गते प्रमाणीकरणका लागि गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो।

प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम असार २० गते प्रमाणित गरेपछि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो।

 

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage