scheduleआइतवार भाद्र ८ गते, २०७६

बाढीपहिरोबाट अवरुद्ध विद्युत सेवा बुधबारदेखि पुन : सञ्चालनमा आउने

काठमाडौं, ३१ असार । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले बाढी, पहिरो र डुवानका कारण अवरुद्ध विद्युत सेवा साउन १ सम्ममा सञ्चालनमा आउने बताएका छन् ।

मन्त्री पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा बुधबारसम्म सबै ठाउँमा सञ्चालन गर्ने गरी काम अघि बढेको जानकारी दिएका हुन् ।

पुनले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको समेत बताए ।

देशभर बाढी, पहिरो र डुबानका कारण विभिन्न भागमा विद्युत आपूर्ति बन्द हुन पुगेको  र बुधबारसम्ममा समाधान हुने गरी काम भइरहेको मन्त्री पुनको भनाइ छ ।

पत्रकार सम्मेलनमा पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको समेत बताएका छन् । यसका लागि नदी १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले रानी–जमरा–कुलरिया सिञ्चाई आयोजनाको हालसम्म ८ किलोमिटर मूल नहर निर्माण कार्य सम्पन्न गरिएको पनि जनाएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage