डुबेर १ बालिकाको ज्यान गयो, १ बेपत्ता
विराटनगर, ३१ असार । मोरङको पथरी शनिश्चरे नगरपालिकामा डुबेर १ बालिकाको मृत्यु भएको छ भने १ जना बालिका बेपत्ता भएकी छन् ।
पथरी शनिश्चरे नगरपालिका -६ का स्थानीय राजीव तामाङकी ११ वर्षीया छोरी सिर्जना र इलामको दानाबारी ९ का कृष्ण तामाङकी ८ वर्षीया छोरी प्रिती तामाङ सुनवर्षीस्थित फुपूको घर जान भनेर हिँडेका थिए ।
प्रहरीका अनुसार साइकलमा गइरहेका उनीहरु गाउँ नजिकको पैनीमा डुबेर बेपत्ता भएका थिए ।