scheduleबुधवार भाद्र ४ गते, २०७६

युनिटि नेटवर्किङमा संलग्न ११ जना पक्राउ


कपिलवस्तु, ३१ असार । युनिटि नेटवर्किङ्मा संलग्न ११ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । युनिटि लाइफ नामक संस्थामार्फत नेटवर्किङ ब्यबसाय गरी ठगी गर्ने उनीहरुलाई कपिलवस्तु प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ठगि गरिरहेको भन्ने उजुरीका आधारमा कपिलबस्तु प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई छानबिनका लागि अनुसन्धान अगाडि बढाइएको छ ।

पक्राउ पर्नेमा दैलेख जिल्ला नौमुले गाउपालिका ७ का कर्ण सलामी मगर, पश्चिम नवरपरासी सुनवल नगरपालिका २ का अशोक धरिकारी, झापा दमक नगरपालिका ३ का खगेन्द्र निरौला, सप्तरी राजबिराज नगरपालिका १ का मिथलेश यादव, सोहि स्थानका मन्जुला राई रहेका छन् ।

यस्तै रौतहट चन्द्रपुर नगरपालिका ११ का मुकेश राउत, बाँके कोहलपुर नगरपालिका ३ का हेमराज थापा, रामेछाप मन्थली नगरपालिका १ का सुभाष बस्नेत र धादिङ जिल्ला सिद्धिलेखा गाउपालिका २ का दिपा पुरी रहेकी छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको कमाण्डमा विगत दुई हप्तादेखिको गोप्य अप्रेसन अनुसार उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage