scheduleआइतवार भाद्र ८ गते, २०७६

राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

काठमाडौँ, १ साउन । राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ । प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर राजधानीसँगको सम्पर्क टुट्न नदिन एक्रोबिज उपलब्ध गराइएको सेनाले जनाएको छ ।

विपद् व्यवस्थापनको पूर्वतयारीस्वरुप सेनाले पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतका ४ स्थानमा ६० मेट्रि टनसम्मको भारवहन क्षमता रहेका चारवटा एक्रोब्रिज तयारी अवस्थामा राखेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार काठमाडौँको थानकोट, धादिङको बैरेनी, चितवनको भरतपुर र बाराको जितपुरमा ५.५ मिटर चौडा र ७६.२ मिटर लम्बाइका एक्रोब्रिज तयारी अवस्थामा राखिएको छ । नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage