scheduleबुधवार भाद्र ४ गते, २०७६

मगुइरी म्यानचेस्टर युनाइटेका लागि महँगो भए

काठमाडौँ, १ साउन । म्यानचेस्टर युनाइटेड नयाँ सिजनका लागि नयाँ खेलाडीहरु किन्नमा व्यस्त रहेको छ । पछिल्लो समय म्यानुको नजरमा रहेका खेलाडी हुन् मगुइरी ।

लेइसेस्टरका स्टार डिफेण्डरलाई अनुबन्ध गर्न प्रतिष्ठित क्लबहरु लयायित रहेका छन् । तर, लेइसेस्टर सिटीले म्यानुले गरेको अफर आफुहरुले तोकेको भन्दा निकै कम रहेको बताएको छ ।

लेइसेस्टरले उनको मुल्य ९० मिलियन पाउण्ड रहेको बताउँदै आएको छ । तर, म्यानुले ७० मिलियन पाउण्डमात्र अफर गरेको बताइएको छ ।

विश्वकै महँगा डिफेण्डर भिर्जिल भ्यान डायकलाई अनुबन्ध गर्न लिभरपुलले ७५ मिलियन पाउण्ड खर्च गरेको थियो ।

यदी लेइसेस्टरले तोकेको रकममा म्यानुले उनलाई अनुबन्ध गरेमा उनी विश्वकै महँगा डिफेण्डर हुनेछन् ।

यस सिजन नयाँ खेलाडीहरु अनुबन्ध गर्न ठुलै संघर्ष गरिरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage