scheduleआइतवार भाद्र ८ गते, २०७६

एकैदिन यी तीन सुपरस्टारका फिल्म रिलिज हुँदै

काठमाडौँ, १ साउन । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् ।

त्यस्तै अक्षय कुमारको फिल्म मिसन मंगल पनि सोही दिनमा रिलिज हुँदैछ ।

यी दुई फिल्मलाई टक्कर दिन जोन अब्रहामको फिल्म बाट्ला हाउस पनि अगस्ट १५ मा रिलिज हुँदैछ । फिल्म ‘साहो’को सुटिङ सकिएको छ ।’

अन्तिम एक्सन सुटका लागि साहोले आबुधाबी लोकेशन रोजेको थियो ।

अन्ततः फिल्म रिलिजको दिन कुरेर बसेको छ । फिल्म ‘साहो’ सँगै अगस्ट १५ मा अक्षयको ‘मिशन मंगल’ र जोन अब्राहमको ‘बाट्ला हाउस’ सँगै लाग्दैछन् ।

यी तीन फिल्म ठुलो बजेट लगाएर निर्माण गरिएका फिल्महरु हुन् ।

एकै दिन रिलिज हुँदा बक्स अफिसमा ठुलो धक्का लाग्ने अनुमान गरिएको छ । समिक्षकहरुका अनुसार यी तीन फिल्मले ठुलो जोखिम मोलेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage