scheduleशुक्रवार मंसिर २७ गते, २०७६
Bajaj
Global IME

पूर्व प्रधानमन्त्रीसहितको अनुगमन टोली बाढी प्रभावित क्षेत्रमा

काठमाडौं, १ साउन । वर्षासँगै आएको बाढीपहिरो प्रभावित जिल्लाको अनुगमन गर्न  मन्त्री र सांसदहरुको टोली बाढी प्रभावित क्षेत्रमा गएको छ ।

पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायतको टोली तराई मधेसका जिल्ला गएको हो ।

उच्चस्तरीय अनुगमन टोलीले बाढीपहिरोले पुर्‍याएको क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्ने छ ।

अनुगमन टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साहलगायत पनि छन् ।

असार २७ गतेदेखि आएको अविरल वर्षाका कारण आएको बाढी र डुबानका कारण प्रदेश २ का जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।

हालसम्म मुलुकभर बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या  झण्डै ७० पुगेको छ भने हजारौं विस्थापित भएका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage