scheduleआइतवार भाद्र ८ गते, २०७६

राहुलपछि हटेपछि प्रियंकालाई भारतीय कांग्रेसको अध्यक्ष बन्न दबाब

एजेन्सी, १ साउन । भारतीय कांग्रेसको अध्यक्षबाट राहुल गान्धीले राजीनामा दिएको घोषणा गरेसँगै उक्त पार्टीको अध्यक्ष को भन्ने भनेर अझै सुनिश्चित हुन सकेको छैन ।

भारतीय कांग्रेसले लोकसभा चुनावमा नराम्रो हार व्यहोरेपछि राहुल गान्धीले हारको जिम्मेवारी लिँदै पार्टी अध्यक्षबाट राजीनामा दिएका थिए । तर उनको राजीनामासँगै आगामी अध्यक्ष कसलाई बनाउने भनेर भारतीय कांग्रेसका नेताहरुले निर्णय गर्न सकेका छैनन् ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि कांग्रेसको कार्यसमिति बैठक समेत तत्कालै बस्ने सम्भावना कम छ । यहि अनिश्चितताका बीच कांग्रेस भित्र महासचिव प्रियंका गान्धीलाई पार्टी अध्यक्ष बनाउनु पर्ने आवाज समेत उठ्न थालेको भारतीय पत्रिका इन्डियन एक्सप्रेसले जनाएको छ ।

तर राहुल गान्धीले गान्धी परिवारभन्दा बाहिरबाट अध्यक्ष खोजिनुपर्छ भनेकाले कांग्रेस नेताहरुले खुलेर प्रियंकाको नाम लिन सकेका छैनन् ।

इन्डियन एक्सप्रेसका अनुसार पार्टीका केही नेताले प्रियंकालाई भित्रभित्रै अध्यक्ष बनाउन माग गरेका छन् ।

‘धेरै नेताहरुले भनिरहेका छन् र मलाई पनि लाग्छ कि प्रियंका जीलाई कांग्रेसको अध्यक्ष बनाउनु पर्छ । उहाँ गान्धी परिवारबाट हुनुहुन्छ । उहाँ नेता हुनुहुन्छ र उहाँमा पार्टीको नेतृत्व गर्ने क्षमता छ’, एक नेतालाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage