scheduleबुधवार भाद्र ४ गते, २०७६

बाढी प्रभावित क्षेत्र पसे विमलेन्द्र, प्रभावितलाई १० दिनको तलब


जनकपुरधाम, १ साउन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको बाढी प्रभावित क्षेत्रको अनुगमनमा निस्किएका छन्
। पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले बुधबार धनुषा पुगेर बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका हुन् ।

धनुषामा ५० हजारभन्दा बढी घरमा पानी पसेको छ भने ५ जनाको मृत्यू भइसकेको छ । एक जना हराइरहेका छन् र ३ सय २५ परिवारका पाँचहजारभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

निधि स्थलगत निरीक्षणको क्रममा सीमा क्षेत्र जटही, तुल्सियाही, कोल्हुवा, लोहनाका साथै पौडेश्वर पुगे । स्थलगत निरीक्षणको क्रममा उनले बाढीबाट भएको क्षतिको विवरण पनि लिए ।

यसैबीच, नेपाली कांग्रेस प्रदेश २ का सांसदहरुको बैठक पार्टी उपसभापति निधिको उपस्थितिमा बसेको छ । प्रदेशसभा भवनमा बसेको संसदीय दलको बैठकले बाढी प्रभावितलाई १० दिनको तलब दिने निर्णय गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage