scheduleआइतवार भाद्र ८ गते, २०७६

बुधबार सुनको भाउ स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं, १ साउन । बुधबार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको छ ।

मंगलबार समेत छापावाल सुनको कारोबार तोलामा ६४ हजार ५ सयमा नै भएको थियो ।

त्यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ ।

तर आज चाँदीको भाउ भने बढेको छ । बुधबार चाँदीको भाउ रु २० ले बढेको हो ।

बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा रु ७२५ मा कारोबार भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage