scheduleआइतवार भाद्र ८ गते, २०७६

राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित


एजेन्सी, १ साउन । चार महिला सांसदमाथि नश्लवादीको टिप्पणी गरेको भन्दै अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ ।

राष्ट्रपति ट्रम्पले गरेको टिप्पणी नश्लवादी भएको ठहर गर्दै संसद्ले खेद प्रस्ताव पारित गरेको हो । १ सय ८७ जना डेमोक्र्याटिक सदस्य रहेको प्रतिनिधिसभाबाट यो प्रस्ताव २ सय ४० मतले पारित भएको अमेरिकन सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

संसद्का अन्य सदस्यले पनि यो प्रस्तावको समर्थन गरेका छन् । खेद प्रस्ताव पारित भए पनि यसको कुनै कानुनी वैधता भने नहने बताईएको छ ।

अधिकांशले ट्रम्पलाई नश्लवादी भएको आरोप लगाएका छन् । तर राष्ट्रपति ट्रम्पले भने आफू नश्लवादी नभएको स्पष्टीकरण दिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage