scheduleबुधवार भाद्र ४ गते, २०७६

सुरु भयो भीसीटीएस, अबदेखि अवैध आर्थिक कारोबार रोकिने

काठमाडौं, १ साउन । सरकारले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस)’ को सुरु गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने मूल उद्देश्यका साथ कानुनबमोजिम एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा दर्ता गरेर मात्रै ओसारपसार गर्नुपर्ने प्रणालीको बुधबारबाट शुभारम्भ गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार एक कार्यक्रमका बीच त्यस प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा हुने अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ सरकारले त्याे प्रणालीको पनि सुरुवात गर्नु परेको स्पष्ट पारे ।

उनले त्यस प्रणालीबाट साना व्यवसायीलाई हुने व्यवहारिक कठिनाइ हल गरेर जान सरकार प्रतिबद्ध रहेको पनि बताए।

राजस्व अनुसन्धान विभागको वेबसाइट www.dri.gov.np मा गएर उद्योगी व्यवसायीहरुले आफ्नो ढुवानी गर्ने बस्तु र साधानको संक्षिप्त विवरण त्याे प्रणालीमा दर्ता गराउने व्यवस्था गरिएको छ । यसो गर्दा अनौपचारिक क्षेत्रमा कारोबार हुने सबै आर्थिक कारोबार पनि पारदर्शी हुने अर्थमन्त्री खतिवडाले बताए ।

यो व्यवस्था लागू भएसँगै सरकारले मालबहाक सामान चेकका लागि सञ्चालन गरिएको सबै पोष्टहरु हटाउनेछ । यो प्रणालीबाट वस्तुको ढुवानी व्यवस्था अति सहज हुने पनि राजस्व अनुसन्धान विभागको दाबी छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage