scheduleबुधवार भाद्र ४ गते, २०७६

नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच संस्थागत साझेदारी गर्ने सहमति

काठमाडौं, १ साउन । नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच संस्थागत साझेदारी स्थापना गर्ने सहमति भएको छ।

त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच समुदाय–प्रहरी साझेदारीअन्तर्गत बुधबार सहमति भएको हो ।

दुबै संस्थाबीच अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन, अनुसन्धान, स्रोत व्यक्ति र स्वयंसेवकहरुको परिचालन, सुरक्षा सचेतना अभिवृद्धिलगायतका कुरामा साझेदारी गर्ने भनेर समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा त्रिभुवन विश्वविद्यालयका उप-कुलपति प्रा.डा तीर्थराज खनियाँ र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरेका छन्।

सहमतिपछि क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यावहारिक अभ्यास, इ–लाइब्रेरी, सुरक्षित विश्वविद्यालयको अवधारणालगायतका विषयहरूमा संस्थागत साझेदारी र सहकार्य हुने बताइएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage