scheduleबुधवार भाद्र ४ गते, २०७६

बेपत्ता बालिकाको शव भेटियो

काठमाडौं, १ साउन । मोरङको सुनवर्षी नगरपालिका-२ स्थित पैनीमा खसेर बेपत्ता भएकी ११ वर्षीय सृजना तामाङ बुधबार बिहान मृत फेला परेकी छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार कल्भर्टबाट पैनीमा खसेर बेपत्ता भएकी उनको शव सुनवर्षी-२ भेलाहीस्थित पैनीमै फेला परेको हो।

पथरीशनिश्चरे नगरपालिका-६ का राजीव तामाङकी छोरी सृजना तामाङ र राजीवकै घरमा बस्दै आएकी इलाम दानाबारीका कृष्ण तामाङकी छोरी ८ वर्षीया प्रीति तामाङ पैनीमा डुबेर मंगलबार बेपत्ता भएका थिए। साइकलमा सुनवर्षी-४ स्थित फुपूको घरमा जाने क्रममा कल्भर्टकबाट साइकलसहित पैनीमा खसेर दुवैजना बेपत्ता भएका थिए।

डीएसपी खिउजुका अनुसार बेपत्ता भएका मध्ये घटनास्थलबाट लगभग सय मिटर तल प्रीतिको भने मंगलबार नै शव फेला परेको थियो। बेपत्ता भएकी सृजनाको भने खोजतलास गर्ने क्रममा शव फेला परेको र पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेली लगिएको प्रहरीले जनाएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage