scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

विश्वकप छनोटको दोस्रो चरण : नेपाल कठिन समूहमा

काठमाडौं, १ साउन । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलमा नेपाल कठिन समूहमा परेको छ ।

बुधबार एसियाली फुटबल महासंघले सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल रहेको समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन् ।

विश्वकप छनौटका लागि एसियाका ४० राष्ट्रलाई ८ समूहमा विभाजन गरिएको छ ।

नेपाल एसियाली राष्ट्रअन्तर्गत फिफा बरियताको शीर्ष ३४ टोलीको सूचीमा पर्दै  विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको हो ।

पहिलो चरणको खेल यही वर्षको सेप्टेम्बर ५ तारिखदेखि सुरु हुनेछ ।

आठ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टिमले विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् ।  यी १२ टिमले सन् २०२३ मा हुने एसियन कपमा समेत स्थान बनाउने छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage