scheduleबुधवार भाद्र ४ गते, २०७६

किसान र उपभोक्तालाई मारमा नपारी नाफा कमाउनुहोस् : मन्त्री खनाल

काठमाण्डौं, १ साउन । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले दुग्ध विकास संस्थान(डीडीसी)लाई गुणस्तरीय उत्पादनमा केन्द्रित हुन भनेकाछन् ।

मन्त्री खनालले दुग्ध विकास संस्थानको स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सव समारोहको अवसरमा बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै संस्थानलाई घाटामा जान नदिन  गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् ।

गुणस्तरीय वस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने मन्त्री खनालको भनाइ थियो । म्याद सकिएका  आयातित वस्तुहरु उपभोक्ताले प्रयोग गर्नु परिरहेका अवस्थामा गुणस्तरमा ध्यान दिने हो भने दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने उनले बताए ।

मन्त्री खनालले दुग्ध विकास संस्थानलाई किसान र उपभोक्तालाई मारमा पार्ने काम गरे सैह्य नहुने समेत चेतावनी दिएका छन् । उपभोक्तालाई मारमा नपारी डीडीसीले नाफा कमाउनु पर्ने उनको भनाइ थियो ।

‘उत्पादन गुणस्तरीय पनि होस्, सस्तो पनि । डीडीसी सरकारी संस्था भएकोले गुणस्तरीय, सस्तो, भरपर्दो र विश्वसनीय पनि हुनु पर्छ । ब्रान्ड र प्याकेजिङ गर्दा त्यतातिर ध्यान दिनुहोला । झोल दूध आयात गरिन्छ तर धुलो दूधको आयात खोलिन्न’, मन्त्री खनालले भने ।

मन्त्री खनालले डीडीसीलाई ५० वर्ष लामो अनुभवलाई उपयोग गर्न समेत आग्रह गरेका छन् । ‘डीडीसीलाई अझै राम्रो बनाउन सकिन्छ । दूधको क्षेत्रमा ५० वर्षको अनुभव थोरै होइन । अझै पनि राम्रोसँग सोचेर कमजोरी केलाउनु पर्छ । जे पर्छ म व्यहोर्छु भनेर पाउडर दूध रोकेको हो’, उनले भने ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage