scheduleशुक्रवार मंसिर २७ गते, २०७६
Bajaj
Global IME

विप्लव समूहसँग अहिलेसम्म औपचारिक वार्ता भएको छैनः नेता पाण्डे


काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले विप्लव समूहसँग अहिलेसम्म औपचारिकरुपमा वार्ता नभएको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले अनौपचारिक वार्ताहरु भने धेरैपटक भइसकेको बताए । उनले भने,‘सरकारको तर्फबाट मैले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता तथा छलफल गरेको छु । तर, अहिलेसम्म औपचारिक रुपमा वार्ता भएको छैन् ।’

वर्तमान सरकारले मुलुकमा शान्ति, स्थायित्व चाहेको उनले जिकिर गरे । ‘सरकार द्वन्द्व चाहँदैन् । हामी हिंसा चाहँदैनौं । हामी त सुशासन र समृद्धि चाहन्छौं,’ उनले भने, ‘त्यही भएर सरकारले मेरै नेतृत्वमा ०७५ साल भदौ ०८ गते उच्चस्तरीय वार्ता टोली बनाएको थियो । मैले धेरै सशस्त्र समूहसँग वार्ता गरेर उनीहरुलाई मूलधारमा ल्याएको छु ।’

नेता पाण्डेले विप्लवसँग वार्ताको पहल भइरहेको बताए । ‘मेरो नेतृत्वको टोलीले विप्लवसँगमात्रै सहमति गर्न सकेको छैन,’ उनले भने, ‘अहिले पनि म्याद सकिएपनि मैले वार्ताको पहल गरिरहेको छु ।’

नेता पाण्डेले अनौपचारिकरुपमा भएका धेरै वार्ताहरुबाट सार्थक परिणाम आउन नसकेको स्वीकारे । उनले भने,‘अहिलेसम्म अनौपचारिक छलफल मात्र भएका छन् । हामी धेरै पटक छलफल तथा वार्तामा बस्यौं । तर, अहिलेसम्म सार्थक हुन सकेको छैन् ।’

नेता पाण्डेले अहिलेसम्म सरकारले लिखितरुपमा वार्ताको लागि पत्राचार नगरेको पनि स्पष्ट पारे ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage