scheduleबुधवार भाद्र ४ गते, २०७६

सत्तारुढ पार्टीकै नेता भन्छन्- राष्ट्रपति ‘सामन्तवादको महारानी’


काठमाडौं, १ साउन । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामन्तवादको महारानीको संज्ञा दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै राष्ट्रपति आलंकारिक भएपनि उनको शैली भने राजर्षी रहेको टिप्पणी गरे ।

‘अहिले उहाँको शैली सामन्तवादको जस्तो छ,’ राष्ट्रपतिबारे कडा टिप्पणी गर्दै उनले भने । राष्ट्रपतिको आतेजाते राजा, महाराजा र महारानीजस्तो रहेको भन्दै गणतन्त्रको राष्ट्रपति सामन्तीयुगको जस्तो महारानी हुन नहुने बताए ।

‘पार्टीका नेता त्यसमा पनि उपल्लो तहमा बस्नेहरुको रहनसहन सामन्तको जस्तो छ,’ उनले भने, ‘सत्तामा रहेकाको जीवनशैलकिा कारण जनविद्रोह जन्मन सक्छ ।’

अहिले सरकारमा भएकाहरुको शैलीपनि नवधनाढ्यजस्तो भएको बताएका नेता श्रेष्ठको पार्टीका अध्यक्ष उपेन्द्र यादव भने वर्तमान सरकारको उपप्रधानमन्त्री रहेका छन् ।

मन्तव्यको क्रममा अधिकांश समय कम्युनिष्ट पार्टीको आलोचना गरेका उनले भने, ‘कम्युनिष्टको नाममा यो गलत शैली हो । राष्ट्रतिको निवासमा हेलिप्याड राख्ने कुरा भएको छ । यस्ता कुरामा ध्यान दिनुपर्छ । यही अवस्था रहिरहे प्राप्त उपलब्धि नै गुम्ने खतरा हुन्छ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage