scheduleबुधवार भाद्र ४ गते, २०७६

गायक बद्री पंगेनीविरुद्ध उजुरी, पैसा माग्न जाँदा ज्यान मार्ने धम्की दिएको आरोप

काठमाडौं, १ साउन । चर्चित लोक गायक बद्री पंगेनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ ।

गायक पंगेनीले ज्यान मार्ने धम्की दिएको भन्दै उनीविरुद्ध एक महिलाले उजुरी हालेकी हुन् । पंगेनीसहित उनका साथी विजय सिंह र सुवास अधिकारीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै सितपाइला निवासी निमा दोर्ची शेर्पाले उजुरी दर्ता गरेकी छन् ।

पंगेनीले सञ्चालन गरेको दोहोरी साँझको सजसजावट र फर्निचरबापत लिनुपर्ने रकम माग्न जाँदा आफूलाई ज्यान मार्ने धम्की दिएको शेर्पाको भनाइ छ ।

पंगेनी, सिंह र अधिकारीले संयुक्त रुपमा काठमाडौंको न्यु प्लाजामा निरमाया दोहोरी साँझ सञ्चालन गर्दै आएका छन् ।

आफूले सञ्चालन गरेको श्रृष्टी फर्निचरले पंगेनीको दोहोरी साँझमा झण्डै ५५ लाख रुपैयाँभन्दा बढीको सजसजावट गरेको र काम सम्पन्न भएपछि पैसा नदिएको शेर्पाको आरोपछ ।

काम सम्पन्न गरेको ३ महिना पछि पैसा माग्न जाँदा पटक-पटक धम्की दिएपछि उजुरी दिन बाध्य भएको शेर्पाले बताइन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage