scheduleसोमवार मंसिर २ गते, २०७६

नेता र कर्मचारीको कार्यशैली परिवर्तन नभएसम्म समृद्धि असंभव : मन्त्री यादव

काठमाडौं, १ साउन ।  नेता र कर्मचारीको कार्यशैलीमा परिवर्तन नआएसम्म मुलुक आर्थिक रुपमा समृद्ध हुन नसक्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।

बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न समेत मातहतका कर्मचारीहरुलाई निर्दशन दिएका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले कर्मचारीहरुले शासक नभई जनताको सेवकको रुपमा काम गर्नुपर्ने समेत बताएका थिए ।

त्यस्तै नेता र कर्मचारीले शासकको रुपमा काम गर्ने गरेकाले जनताले आफ्नो सेवा पाउन नसकेको मन्त्री यादवको भनाइ थियो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage