scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

आफूविरुद्ध उजुरी परेपछि गायक पंगेनी भन्छन्- मेरो चरित्र हत्या गर्न खोजियो

काठमाडौं, १ साउन । चर्चित  लोकदोहोरी गायक तथा  राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष  बद्री पंगेनीले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

काठमाडौंस्थित नीरमाया दोहोरी साँझसँग आफ्नो नाम जोडेर समाचार बाहिर आएपछि पंगेनीले यस्तो टिप्पणी गरेका हुन् । नीरमाया दोहोरी साँझसँग आफ्नो कुनै सम्बन्ध नरहेको पंगेनीले प्रस्ट पारेका छन् ।

‘निरमाया दोहोरी साँझसँग मेरो कुनै सम्बन्ध छैन । विजय सिंह र सुवास अधिकारीजीसंग भएको कारोबारसँग मलाई जोड्नु भनेको मेरो चरित्र हत्या गर्ने प्रयाशको रुपमा मैले बुझेको छु’, पंगेनीले भने ।

निरमाया दोहोरी साँझमा डेकोरेसन गरेको पैसा माग्न जाँदा ‘बद्री पंगेनीले धम्कि दिए’ भन्ने खबर सरासर गलत भएको उनले बताए । उजुरी दिने व्यक्तिलाई आफूले नचिन्ने समेत उनको भनाइ छ ।

‘जसले म बिरुद्ध उजुरी दिएको भन्ने सुन्नमा आयो म उहाँहरुलाई चिन्दिन यदि मैले गल्ति गरेको आरोप पुष्टि भए म जस्तोसुकै कार्वाही भोग्न तयारी छु’, पंगेनीले भने ।

गायक पंगेनीसहित उनका साथी विजय सिंह र सुवास अधिकारीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै सितपाइला निवासी निमा दोर्ची शेर्पाले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको खबर बाहिर आएपछि पंगेनीले यस्तो टिप्पणी गरेका हुन् ।

शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरले निरमाया दोहोरी साँझमा झण्डै ५५ लाख रुपैयाँभन्दा बढीको सजसजावट गरेको र काम सम्पन्न भएपछि पैसा माग्न जाँदा ज्यान मार्ने धम्की दिएको भन्दै शेर्पाले उजुरी हालेकी हुन् ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage