scheduleआइतवार भाद्र ८ गते, २०७६

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि फेरि दरखास्त आह्वान

काठमाडौं, १ साउन । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त माग्दै दोस्रो पटक सूचना जारी भएको छ । पहिलोपटक असार ९ मा सूचना निकाल्दा छ जनाले दरखास्त दिएका थिए ।

दरखास्त दिएका सबै उम्मेदवार योग्य हुने नदेखिएपछि लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वको उम्मेदवार सिफारिस समितिले फेरि सूचना निकालेर दरखास्त मागेको छ । सिफारिस समितिले तीन जना योग्य उम्मेदवारको नाम सरकारलाई उपलब्ध गराएपछि उनीहरुमध्येबाट एक जनालाई चार वर्षे कार्यकालका लागि नियुक्त गर्ने कार्यविधि बनेको छ ।

आयोगका उपाध्यक्षका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त मागिएको हो । साउन १५ सम्म पुनः दरखास्त दिन सकिने उल्लेख गर्दै समितिले आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सूचना प्रकाशित गरेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार चिकित्सा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका चिकित्सकमध्येबाट सरकारले एक जना उपाध्यक्ष नियुक्ति गर्ने उल्लेख छ । उपाध्यक्षले प्रमुख कार्यकारी भएर चार वर्षसम्म काम गर्न पाउँछन् ।

आयोगको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका बहन गर्ने सोचपत्र (भिजन पेपर) दरखास्त भर्दा नै बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तै चार वर्षे व्यवसायिक कार्ययोजना सिंहदरबारस्थित शिक्षा मन्त्रालयको प्रविधि शाखा, समितिको सचिवालयमा सिलबन्दी गरी दरखास्तसँगै बुझाउनुपर्नेछ ।

उपाध्यक्षका लागि कम्तिमा स्नातकोत्तर तह उर्तिण गरेको र २० वर्ष स्वास्थ्य सेवा क्षेत्रमा काम गरेको खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage