scheduleआइतवार भाद्र ८ गते, २०७६

टोटनहमका केइरियन ट्रिपर एट्लेटिको मड्रिड गए

काठमाडौँ, २ साउन । टोटनहमका स्टार खेलाडी केइरियन ट्रिपर स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्ध भएका छन् ।

प्रशिक्षक डियगो साइमन एट्लेटिकोको डिफेन्स लाइनबाट सन्तुष्ट थिएनन् ।

अन्ततः उनले डिफेन्स लाइन बलियो निर्माणका लागि भरपर्दा खेलाडी ट्रिपरलाई अनुबन्ध गरेका हुन् ।

उनलाई २० मिलियन पाउण्डमा अनुबन्ध गरिएको बताइएको छ ।

उनी सन् २०१५ मा टोटनहममा अनुबन्ध भएका थिए ।

तर, टोटनहममा उनी प्रमुख रोजाइका खेलाडी भने बन्न पाएनन् ।

विस्तारै उनले आफ्नो कौशल देखाएपछि उनी प्रशिक्षकको प्राथमिकतामा परेका थिए । अन्तत चार सिजन टोटनहममा बिताएका उनी एट्लेटिकोमा अनुबन्ध भएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage