scheduleआइतवार भाद्र ८ गते, २०७६

सानदार कमव्याक गर्दै म्यानचेस्टर सिटीले वेस्टहमलाई हरायो

काठमाडौँ, २ साउन । प्रिमियर लिग एसिया ट्रफीमा म्यानचेस्टर सिटीले वेस्टहमलाई ४-१ गोलले पराजित गरेको छ । खेलमा अग्रता वेस्टहमले लिएको थियो ।

वेस्टहमका लागि मार्क नोबलले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । तर, त्यसपछि खेलमा म्यानसिटीले सानदार कमव्याक गरेको थियो ।

म्यान सिटीका लागि डेबिड सिल्भाले खेलको ३३ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । खेलको ३६ औँ मिनेटमा लुकास नेमछाले म्यान सिटीलाई अग्रता दिलाए ।

खेलको ५९ औँ र ७२ औँ मिनेटमा रहिम स्टलिंगले गोल गरे । यो जितसँगै म्यान सिटीले आफ्नो बलियो तयारी प्रस्तुत गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage