scheduleआइतवार भाद्र ८ गते, २०७६

वेस्टहम युनाइटेडले इतिहास रच्दै सेबास्टियन हालेयरलाई किन्यो

काठमाडौँ, २ साउन । प्रिमियर लिग क्लब वेस्टहम युनाइटेडले इतिहास रच्दै हालसम्मकै ठुलो धनराशि खर्चिएर खेलाडी अनुबन्ध गरेको छ ।

वेस्टहमले जर्मन क्लब फ्रांकफर्टका स्टार खेलाडी सेबास्टियन हालेयरलाई अनुबन्ध गरेको हो ।

उनलाई अनुबन्ध गर्न वेस्टहमले ४५ मिलियन पाउण्ड खर्च गरेको छ ।

गएको सिजन २५ वर्षिय सेबास्टियनले ४५ खेलमा २२ गोल गरेका थिए । यस सिजन ठुलो फड्को मार्ने अपेक्षाका साथ वेस्टहमले खेलाडीहरु अनुबन्ध गरेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage