scheduleआइतवार भाद्र ८ गते, २०७६

करिअर उकास्न राजकुमार हिरानीको प्रतिक्षा गर्दै संजय दत्त

काठमाडौँ, २ साउन । पछिल्लो समय बलिउड अभिनेता संजय दत्त खासै फिल्ममा व्यस्त रहेका छैनन् । उनले कमै फिल्म पाउन थालेका छन् । तर, सन् २००३ मा सुपरहिट फिल्म ‘मुन्नाभाई एमबीबीएस’ पछि उनको चर्चा चुलिएको थियो । उक्त फिल्म आज पनि उत्तिकै चर्चामा रहेको छ ।
उक्त फिल्मले संजय दत्तको करिअरलाई थप उचाइमा पु¥याएको थियो । यस्तै सन् २००६ मा फिल्मको दोस्रो सिक्वेल पनि सुपरहिट भयो ।

अब संजय दत्त मुन्नाभाईकै तेस्रो सिरिजलाई लिएर एकदमै उत्साहित रहेको उनले बताएका छन् ।

उनले भने ‘म भगवानसँग प्रार्थना गरिरहेको छु कि फिल्म छिटो निर्माण होस् । तर, यसको लागि निर्देशक राज कुमार हिरानीसँगै सोध्नुपर्ने हुन्छ । म शुटिङ सुरु हुने दिनको लागि एकदमै उत्साहित भएर बसेको छु ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage