scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

मोतीहारी-अमलेखगञ्ज पाइपलाइनको परीक्षण कार्य सुरु, वार्षिक २ अर्ब ढुवानी खर्च बच्ने

काठमाडौं, २ साउन  । मोतीहारीदेखि अमलेखगञ्जसम्मको पाइपलाइन निर्माण कार्य सम्पन्न भएसँगै भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउने कार्यको परीक्षण शुरु हुने भएको छ ।

हाल उक्त पाइपलाइनको हाइड्रोलिक टेष्ट (पानी राखेर गरिने परीक्षण) सम्पन्न भइसकेको र डिजेल राखेर गरिने परीक्षण शुरु भएसँगै पेट्रोलियमन पदार्थ ल्याउने कार्यको परीक्षण सुरु गर्न लागिएको हो ।

भारतको पटनाबाट डिजल पम्पिङ गरेर आइसकेको र पाइपलाइनको उद्घाटन भएपछि नियमित इन्धन आउने उक्त पाइपलाइन परियोजनाले जनाएको छ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पाइपलाइनको लम्बाई ६९ किलोमिटर छ । उक्त पेट्रोलियम पाइपलाइन ३ सय २४ करोड भारतीय रुपैयाँमा निर्माण सम्पन्न भएको छ । पाइपलाइन निर्माणको कुल खर्चमध्ये नेपालले ३० प्रतिशत व्यहाेर्ने सम्झौतामा उल्लेख गरिएको थियो ।

तर भारतले निर्माणको सम्पूर्ण खर्च आफैले व्यहोरेर परियाेजना सम्पन्न गरेको छ । प्रतिवर्ष २० लाख मेट्रिकटन तेल ल्याउनसक्ने पाइपलाइनकाे क्षमता छ ।

नेपाल आयल निगमका लागि पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउन थालेपछि वार्षिक २ अर्ब ढुवानी खर्च बच्ने, इन्धन सस्तो हुने र उपभोक्ताले राहत पाउने छन् । त्यस्तै तेल चुहावट तथा चोरी हुने समस्या समेत हल हुनुका साथै दैनिक दर्जनौं ट्याङ्कर चलाउनु नपरेपछि प्रदुषण तथा ट्राफिक जामको समस्या पनि कम हुने निगमले जनाएको छ ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage