scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

सवै बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री पोखरेल

फाइल फोटो

काठमाडौं, २ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

अमेरिकाको न्यूयोर्कमा  युनेस्कोले आयोजना गरेको दिगो विकास लक्ष्य–४ सम्बन्धी उच्चस्तरीय राजनीतिक मञ्चलाईसम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले नेपालले आधारभूत शिक्षामा लैंगिक समानता हासिल गरिसकेको र माध्यमिक शिक्षामा पनि लैंगिक समानता हासिल हुने अवस्थामा पुग्न लागेको विश्व समुदायलाई जानकारी दिए ।

‘सरकारले शिक्षामा लैंगिक समता, समानता र समावेशीता सुनिश्चित गर्न कानुनी र कार्यक्रमिक उपाय अवलम्बन गरिरहेको छ’, मन्त्री पोखरेलले भने, ‘नेपालको संविधान जारी भई मुलुक संघीय संरचनामा रूपान्तरण भएसँगै तीनै तहका सरकार शिक्षाको विकासमा जिम्मेवारी बोधसहित अग्रसर भएकाले दिगो विकास लक्ष्यअन्तर्गत चौथो लक्ष्य हासिल गर्न सहज हुने विश्वास लिएको छु ।’

नेपालको संविधानले नै अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षा र नि:शुल्क माध्यमिक शिक्षाको सुनिश्चितता गरेको जानकारी मन्त्री पोखरेलले दिए । उनले सवै बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेकाले अधिकारमा आधारित अवधारणा अंगीकार गरी विभिन्न रणनीति तथा कार्यक्रम अघि बढाइएको प्रष्ट पारे ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage