scheduleबिहिवार माघ ९ गते, २०७६

परीक्षाको पूर्वसन्ध्यामा लोकसेवाको केन्द्रीय कार्यालयमा प्रदर्शन

काठमाडौं, २ साउन । नेपाल आदिवासी जनजाति महासंघले लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन खारेजीको माग गर्दै अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ।

बिहीबार आयोगले विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै महासंघले प्रदर्शन हो । प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा समेत मागेका छन्।

आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदमा खुलाएको विज्ञापन समावेशी सिद्धान्तअनुसार नभएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ। उक्त विज्ञापनका लागि ४ लाखले आवेदन दिइसकेका छन्।

विज्ञापनअनुसारका विभिन्न पदका लागि शुक्रबारदेखि लिखित परीक्षा हुँदैछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय