scheduleशुक्रवार मंसिर २७ गते, २०७६
Bajaj
Global IME

एनिमेशन स्टुडियोमा आगलागी हुँदा १३ जनाको ज्यान गयो

एजेन्सी, १३ असार । जापानमा आगलागीमा परी कम्तिमा पनि १३ जनाको ज्यान गएको छ ।

जापानको क्योटो शहरस्थित एक एनिमेसन स्टुडियोमा बिहीबार बिहान आगलागी हुँदा १३ को मृत्यु भएको र ४० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । समाचार अनुसार एक जना व्यक्तिले स्टुडियोमा एक्कासी प्रवेश गरी आगो लगाएका थिए।

४१ वर्षीय पुरुषले  भवनमा ज्वलनशील पदार्थ छर्केको र लगत्तै आगो सल्काएको जापानी समाचार माध्यमले जनाएका छन्।

उक्त स्टु्डियोमा आगलागीका बेला झन्डै ७० जना मानिस  काम गरिरहेको समाचारमा बताइएको छ।

समाचारअनुसार आगो लगाउने पुरूष समेत आगलागीमा परी घाइते भएका र उनको अस्पतालमा उपचार भइरहेको छ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage