scheduleबुधवार आश्विन २९ गते, २०७६

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ९०, रौतहटमा मात्रै १० जनाको मृत्यु

काठमाडौं, २ साउन । गत बिहीबारदेखि परेको अविरल वर्षासँग आएको बाढीपहिरो र डुबानमा परी हालसम्म ९० जनाको मृत्यु भएको  छ ।

बाढीपहिरो र डुबानबाट अहिलेसम्म ९० जनाले ज्यान गुमाएको र २९ अझै हराइरहेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो । केन्द्रका अनुसार ४१ घाइते भएका छन् ।

त्यस्तै झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले र उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ ।

वर्षासँगै सुरु भएको विपदमा परी रौतहटमा सबैभन्दा बढी १० जनाले ज्यान गुमाएका छन् । यता ललितपुर र सिराहामा ६/६ जनाले र मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा ५/५ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयका अनुसार ओखलढुङ्गा, महोत्तरी र डोल्पामा चार–चार तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौँमा ३/३ जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, बारा, धादिङ र दाङमा २/२ जना, इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा १/१ जनाले ज्यान गुमाएका छन् ।

बेपत्ता हुनेमा सबैभन्दा बढी डोल्पामा सात, इलाम, मोरङ र सिन्धुलीमा तीन–तीन जना छन् । अहिलेसम्म सर्लाहीमा दुई हजार ४००, रौतहटमा एक हजार ११०, बारामा एक हजार ६६५, पर्सामा १२०, सिराहामा ५००, मोरङमा एक हजार ५३९ लगायत विभिन्न जिल्लामा गरेर झण्डै १० हजार घर विस्थापित भएको केन्द्रले जनाएको छ ।

राहत वितरण र भौतिक संरचना पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयाससमेत जारी रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले वर्षा घटेकाले जनजीवन सामान्य हुँदै गएको जानकारी दिएको छ ।

बुधबार मात्र सरकारी उच्चस्तरीय टोलीले तराईको डुवान तथा बाढीको हवाई एवं स्थलगत निरीक्षण गरी स्थानीय अधिकारीमार्फत हालको अवस्था र राहत वितरण कार्यबारे जानकारी लिएको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage