scheduleबिहिवार भाद्र ५ गते, २०७६

बस र भ्यान ठोक्किदाँ २ जनाको मृत्यु, १८ जना घाइते

 

विराटनगर,२ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका–१० मा बिहीबार बस र तरकारी बोकेको भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी १८ जना घाइते छन् । घाइतेमध्य ८ जनाको अवस्था गम्भीर रहेको छ ।

उक्त दुर्घटनामा परी मृत्यु हुने १ जनाको मात्रै पहिचान खुलेको छ । कानेपोखरी गाउँपालिका–३ का टिकाराम थापाकोमात्र सनाखत भएको छ ।

उनको उपचारकाक्रममा विराटनगर नोबेल मेडिकल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को१ख ४८४२ नम्बरको यात्रीवहाक बस र विपरीत दिशाबाट आएको मे१त ५३९१ नम्बरको भ्यान आपसमा जुधेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा र अन्य घाइतको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage