scheduleआइतवार भाद्र ८ गते, २०७६

कालिमाटीमा पहिलो पटक विषादी परीक्षण, तरकारी र फलफूल खान योग्य

 

फाइल तस्बिर

काठमाडौं, २ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालिमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण सुरु गरेको छ ।

विभागले पहिलो पटक काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गरेको हो । उक्त बजारबाट संकलन गरिएका नमूना परीक्षणबाट कुनै पनि तरकारी तथा फलफूल खानका लागि अयोग्य नभेटिएको विभागले जनाएको छ ।

नमुना स्वरुप संकलन गरिएका ९ वटा उत्पादनमा ३० वटा विषादी परीक्षण गरिएको थियो । सबै उत्पादनमा तोकिएको सरकारी मापदण्डअनुसार नै विषादी प्रयोग भएको पाइएको हो ।

विषादी परीक्षणबाट सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडी तथा भारत कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरोपाइडापस नामक विषादी प्रयोग भएको पाइएको छ ।

गत शुक्रबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटीमा भित्रिने तरकारीको नमून संकलन गरी विषादी परीक्षणको प्रतिवेदन बुझाउन निर्देशन दिएसँगै विभाग विषादी परीक्षण सुरु गरेको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage