scheduleबिहिवार भाद्र ५ गते, २०७६

विप्लवसँग वार्ता हुन सक्छ तर कुनै शर्त मान्दैनौं: मन्त्री बाँस्कोटा

काठमाडौं, २ साउन । सरकार विप्लवसँग निशर्त वार्ता गर्न तयार रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् ।

बिहीबार सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चितता भएपछि मात्रै सरकारले विप्लव समूहसँग वार्ता सुरु गर्ने समेत उनको भनाइ छ ।

सरकारले मुद्दा फिर्ता, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने जस्ता शर्तहरु मानेर विप्लव समूहसँग वार्ता नगर्ने समेत मन्त्री बाँस्कोटाले स्पष्ट पारे ।

सिके राउतले झैं हिंसाको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने उद्देश्यले वार्ता गर्न चाहे सरकार सधैँ तयार रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

बिहीबार मन्त्री बाँस्कोटाले नियमित पत्रकार सम्मेलन गरी आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक समेत गरेका थिए ।

आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै आइतबारको मन्त्रीपरिषद बैठकमा ३ सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेडलाई ३ अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीका रुपमा उपलब्ध गराउने निर्णय समेत भएको  छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage