scheduleआइतवार भाद्र ८ गते, २०७६

घुस लिँदालिँदै कम्प्युटर अपरेटर र बिचौलिया अख्तियारको फन्दामा

तनहुँ, २ साउन । अख्तियारको टोलीले डिभिजन सडक कार्यालय तनहुँका कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ ।

डिभिजन सडक कार्यालयका कम्प्युटर अपरेटर प्रकाश पौडेललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

पौडेललाई सेवाग्राहीसँग १ लाख ७५ हजार घूससहित अख्तियार टोलीले पक्राउ गरेको छ । अख्तियार पोखराबाट खटिएको टोलीले बिहीबार उनलाई कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको हो ।

सडक योजनाको रकम भुक्तानी क्रममा सेवाग्राहीबाट उनले घूस लिएका थिए । पौडेलसँगै बिचौलीया सुनीत शाही पनि पक्राउ परेको अख्तियार पोखरा स्रोतले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage